08/18/2025, 12:55:04

‘माग्ने राजा’ले कमेडी सिनेमामा लागेको खडेरी मेट्नेछ : केदार घिमिरे


२ भदौ, काठमाडौं : कलाकार केदार घिमिरेले सिनेमा ‘माग्ने राजा’ले कमेडी सिनेमामा लागेको खडेरी मेट्ने बताएका छन् । लामो समयदेखि कमेडी सिनेमा नआएको भन्दै ‘माग्ने राजा’ले कमेडी सिनेमामा रहेको ग्याप पूरा गर्ने उनको भनाइ छ ।

नेपाली सिनेमाको बजारमा कमेडी सिनेमा नआएको धेरै भयो । कमेडी सिनेमा मन पराउने दर्शकले कमेडी सिनेमा हेर्न नपाएको धेरै भयोे’, केदारले भने, ‘छक्का पञ्जा पछि कमेडी सिनेमा आएको छैन । त्यसैले कमेडी सिनेमा मन पराउने दर्शकका लागि यो सिनेमा हेर्नुपर्छ ।

छक्का पञ्जा–५’ गएको दसैँमा रिलिज भएको थियो । त्यसयता कमेडी जनरामा कुनै पनि सिनेमा रिलिज भएका छैनन् । त्यसैले ‘माग्ने राजा’ले कमेडीमा रहेको ग्याप फुलफिल गर्ने केदार बताउँछन् ।

निर्माता मुनाल घिमिरेले ‘छक्का पञ्जा’कै फ्रेममा ‘माग्ने राजा’ बनेको बताएका छन् । केदारले पनि ‘छक्का पञ्जा’को फ्लेबर देख्न सकिने बताएका छन् ।

निर्देशक ऋषि लामिछानेले भने ‘छक्का पञ्जा’को फ्रेमवर्कभन्दा फरक भन्दै ‘माग्ने राजा’को आफ्नै फ्रेमवर्क र टेस्ट रहेको बताएका छन् । ‘माग्ने बुढा’को लवज पनि ‘छक्का पञ्जा’ भन्दा पनि ‘मेरी बास्सै बाट आएको बताएका छन् । त्यसैले ‘माग्ने बुढाको लवज ‘छक्का पञ्जा’बाट नभएर ‘मेरी बास्सै’बाट लिएको उनको भनाइ छ ।

केदार घिमिरेको पहिलो सोलो लिड रहेको सिनेमा ‘माग्ने राजा’ भदौ ६ गते रिलिज हुँदै छ । ऋषि लामिछानेको निर्देशन रहेको यो सिनेमा वर्षकै प्रतिक्षित सिनेमा हो । कमेडी जनरामा रहेको यो सिनेमाले दर्शकलाई हसाउँदै गम्भीर सन्देश पनि दिने केदार बताउँछन् । मनोरञ्जनसँगै सन्देश पनि दिने ‘माग्ने राजा’ पूर्ण प्याकेज भएको उनको दाबी छ ।

माग्ने राजा’ आगामी भदौ ६ गतेबाट रिलिज हुनेछ । सिनेमाले देशको सामाजिक, आर्थिक र राजनीतिक परिस्थिति देखाउने बताइएको छ । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन् । ‘इच्छा’ रिलिजको लामो समयपछि सिनेमा निर्माणमा फर्केका छन् । निर्माता घिमिरे हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन् ।

नरेन्द्र मैनालीले खिचेको सिनेमा लाई आरआर फिल्मसले वितरण गर्नेछ । सिनेमामा सामीप्यराज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।