१५ असोज, काठमाडौं । इजरायल रक्षा बल (आईडीएफ) ले लेबनानमा जमिनमा सैन्य अपरेसन गर्ने घोषणा गरेको छ। आईडीएफले सोसल मिडिया प्लेटफर्म एक्समा जारी गरेको विज्ञप्तिमा दक्षिणी लेबनानमा जमिनबाट सैन्य कारबाही सुरु गर्न लागेको जनाएको हो। यसअघि इजरायलले लेबनानमा हवाई हमला गरिरहेको थियो।
आईडीएफले भनेको छ, ‘हामी दक्षिणी लेबनानको जमिनबाट सैन्य कारबाही गर्न जाँदै छौँ, हामी दक्षिणी लेबनानमा हिजबुल्लाह आतंककारीहरूको स्थानलाई लक्ष्य गर्ने छौँ। यो सैन्य कारबाही सीमित दायरामा हुनेछ। हाम्रो निशाना सीमावर्ती गाउँ हो, जहाँबाट हिजबुल्लाहले उत्तरी इजरायलको सीमामा बस्ने मानिसहरूलाई आक्रमण गर्छन्। यो सैन्य कारबाही योजनाअन्तर्गत हुँदै छ, जसको तयारी पछिल्ला महिनामा गरिएको थियो। यो सैन्य कारबाही इजरायली वायुसेना र आईडीएफ संयुक्त रूपमा गर्दै छन्।’

त्यसो त हिजबुल्लाहले यसअघि नै इजरायलको जमिन हमला सामना गर्न तयार रहेको बताइसकेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















