भदौ १, सप्तरी: कञ्चनरुप नगरपालिका–५ स्थित पिपरामा विद्युत प्रवाह चुहावट भएर आज बिहान एक दम्पतिको निधन भएको छ।
निधन हुनेमा ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमलादेवी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
उनका अनुसार कञ्चनरुप–५ पिपराका महेन्द्र सरदारले हात्तीबाट धानबाली जोगाउन विद्युतीय तारबार लगाएका थिए। सोही खुला बिछ्याइएको तारमा परेर सरदार दम्पतीको निधन भएको थियो।
उनीहरु आफ्नो घरदेखि करिब १५० मिटर पूर्वमा रहेको खेतमा जाँदै गरेका जनाइएको थियो । खेतमा जाने क्रममा क्रममा सरदार दम्पतीलाई त्यहाँ बिछ्याइएको तारमा करेन्ट लागेको प्रहरीले जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











