१४ असोज, काठमाडौं । इजरायली हवाई हमलाका कारण एक लाख मानिस लेबनान छाडेर सिरिया गएको राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीले बताएका छन्। संयुक्त राष्ट्र संघका प्रतिनिधिले चार सीमानाका मानिसहरूलाई सहयोग गरिरहेको उनको भनाइ छ।
आइतबार सम्म प्राप्त जानकारी अनुसार पछिल्लो सात दिनमा करिब ८० हजार मानिस लेबनान छाडेर सिरिया पुगेका छन्। लेबनानी मन्त्री नासेर यासिनका अनुसार सिरिया जाने मानिसमध्ये ३६ हजार सिरियाली र ४१ हजार ३०० लेबनानी नागरिक छन्। हिजबुल्लाहलाई निशाना बनाई इजरायलले लेबनानममा हवाई हमला गरिरहेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



















