बुधबार, पुष १०, २०८१

२५०० नाघ्यो सेयर बजार, नेप्से ४४.४५ अंक बढे, ३ अर्ब ७१ करोडको कारोबार


१४ असोज, काठमाडौं । सोमबार सेयर बजारले २५०० अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४४.४५ अंक बढेसँगै २५०८ मा कायम भएको हो । परिसूचक बढ्दा करोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ५ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७१ करोडको भयो ।

आज २१० कम्पनीको मूल्य बढ्दा ३३ को घट्यो भने एउटाको स्थिर रह्यो । म्युचुअल फन्डबाहेक सबै क्षेत्रका सूचक बढे । बैंकिङ १.१८, विकास बैंक १.९३, फाइनान्स ४.१९, होटल तथा पर्यटन ३.२८, हाइड्रोपावर १.२२, लगानी २.४५, जीवन बीमा १.७८, उत्पादन ३.८३, माइक्रो-फाइनान्स १.८५, निर्जीवन बीमा ०.७१, अन्य २.३७ तथा व्यापार समुह १.५२ प्रतिशत बढे ।

यस दिन मूल्य धेरै बढेका १० कम्पनीमा ४ वटा सिमेन्ट कम्पनी रहे । अर्थात् सूचीकृत चार वटै सिमेन्ट कम्पनी मूल्य उच्च दरमा बढेका टप १० कम्पनीमा परे । सीईडीबी हाइड्रोपावरको १०, युनाइटेड मोदी हाइड्रोको ९.५, सर्वोत्तम सिमेन्टको ९.४, सोनापुर सिमेन्टको ९.१, शिवम् सिमेन्टको ७.९, माहुली लघुवित्तको ७.३, हाथवे इन्भेस्टमेन्टको ७.१, घोराही सिमेन्टको ६.८ प्रतिशत मूल्य बढ्यो ।

दसैँ तिहारपछि निर्माण क्षेत्र चलायमान हुने संकेतका कारण लगानीकर्ता यस क्षेत्रमा मोडिएका छन् । बाढी-पहिरोले क्षति पुर्‍याएका संरचना निर्माणका क्रममा पनि सिमेन्टको माग बढ्ने भएकाले यस क्षेत्रमा लगानी आकर्षण देखिएको हो । अघिल्लो दिन पनि यिनै सिमेन्ट कम्पनीको मूल्यकै कारण समग्र बजार घटे पनि उत्पादन क्षेत्र बढेको थियो ।

यस दिन एनएलजी इन्स्योरेन्सको मूल्य ४.६ प्रतिशत घट्यो । त्यस्तै इङ्वा हाइड्रोपावरको मूल्य ४.१, अपर स्याङ्गे हाइड्रोको ३.९, सगरमाथा जलविद्युतका् ३.२ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, शिवम् सिमेन्ट, नेपाल फाइनान्स र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading