२२ साउन, काठमाडौं : वसन्ती लामा र राज टाइगरको स्वर रहेको तिज गीत ‘सुनको चुराले’ सार्वजनिक भएको छ । सपना बानियाँको शब्द रचना, वसन्तीकै सङ्गीत, सुन्दर लामाको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीत परम्परागत लोकधुन र आधुनिक भावनाको मिश्रणले सजिएको छ ।
‘माइत जाने कुरा थियो यसपालिको तिजमा, कहाँबाट छिरेउ बुढा तिमी बिचमा– ए सुनको चुराले, लौ दिक्कै पा¥यौ बुढा तिम्रा कुराले’ जस्ता बोलले गीतलाई रमाइलो र व्यङ्ग्यात्मक बनाएको छ ।
आदित्य बुढाथोकीको निर्देशन, राहुल बराइलीको कोरियोग्राफी, मुकेश हुमागाईंको छायाङ्कन रहेको भिडियोमा दिक्पाल कार्की, राज टाइगर, सुषमा मगर, पुष्पा बिसुङ्खेलगायतको अभिनय र नृत्य रहेको छ । गीतको भिडियो सदीक्षा फिल्म्स युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।