08/02/2025, 09:59:55

मनसुन सिजनमा पर्यटक आगमन बढे, जुलाईमा आए ७० हजार


१६ साउन, काठमाडौं : मुख्य मनसुन सिजनमा पर्यटक आगमन बढेको छ । सन् २०२५ को जुलाई महिनामा ७० हजार १ सय ९३ पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष जुलाईको तुलनामा ८.७ प्रतिशत धेरै पर्यटक आएका छन् । गत वर्ष जुलाईमा ६४ हजार ५ सय ९८ जना पर्यटक नेपाल आएको तथ्यांक छ ।

नेपाल पर्यटन बोर्डका अनुसार २०२५ जनवरीदेखि जुलाईसम्म (७ महिना) मा नेपालमा कुल ६ लाख ४७ हजार ८ सय ८२ अन्तर्राष्ट्रिय पर्यटक आगमन भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो संख्याले नेपालको पर्यटन पुनरुत्थान र विश्वभरि फेरि एकचोटि लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखाएको प्रतिक्रिया दिएका छन् ।

जुलाईमा कुल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार १ सय ५२ अर्थात् ३८.७ प्रतिशत पर्यटक आएका छन् । दोस्रो स्थानमा चीनबाट ६ हजार ८ सय ९० जना (९.८ प्रतिशत), तेस्रोमा अमेरिकाबाट ६ हजार ६ सय २६ जना (९.४ प्रतिशत), बंगलादेशबाट ४ हजार ४ सय १३ जना (६.३ प्रतिशत) र बेलायतबाट ३ हजार ५ सय ४७ जना (५.१ प्रतिशत) पर्यटक नेपाल आएका छन् ।

क्षेत्रीय विश्लेषण गर्दा दक्षिण एसियाली देशबाट सबैभन्दा बढी ३३ हजार ७ सय ८७ जना (४८.१ प्रतिशत) आएका छन् । अन्य एसियाली देशबाट १३ हजार ५२ जना (१८.६ प्रतिशत), युरोपबाट ९ हजार २ सय ९२ जना (१३.२ प्रतिशत), अमेरिकाबाट १२ हजार ७ सय ७५ जना (११.१ प्रतिशत), ओसिनिया क्षेत्रबाट १ हजार ८ सय ७ जना (२.६ प्रतिशत), मध्यपूर्वबाट ८ सय २६ जना (१.२ प्रतिशत), अफ्रिकाबाट ३ सय १८ जना (०.५ प्रतिशत) र अन्य क्षेत्रबाट ३ हजार ३ सय २९ जना (४.७ प्रतिशत) पर्यटक आगमन भएको छ ।

बोर्डका सीईओ जोशीले भने, ‘भिजिट नेपाल दशक अन्तर्गत सञ्चालन भइरहेका प्रवर्द्धनात्मक कार्यक्रम, निजी क्षेत्रको लगानी प्रवाह र विविध पर्यटन उत्पादनले पछिल्लो समय नेपालमा पर्यटक आकर्षण बढेको छ ।