श्रावण १३, काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुङ्गा सुरुङको पछिल्लो अवस्थाका बारेमा स्थलगत निरीक्षण गर्दै प्रगतिबारे जानकारी लिएका छ्न् ।
मंगलबार बिहान सडक विभागका अधिकारीहरुसहित मन्त्री दाहालले सुरुङ मार्गको निरीक्षण गरेका हुन् । त्यसक्रममा दाहालले बाँकी काम छिटो सकेर सञ्चालनको तयारी गर्न निर्देशन दिए ।
सडक विभागका महानिर्देशक विजय जैशीले सुरुङमार्गको संरचना पूरा भएको र पहिरोको जोखिम रहेको स्थानमा छिटो सक्नेगरी काम भइरहेको जानकारी दिए ।