४ साउन, काठमाडौँ : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच एमाले केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता हुने भएको छ । एमालेलाई सक्रिय राजनीतिमा आउन सदस्यता बाधक रहेको भन्दै ओली निकट नेताहरूले बताइरहेका बेला पूर्वराष्ट्रपति भण्डारी च्यासल जान लागेकी हुन् ।
भण्डारीको सचिवालयका अनुसार एमालेमा सक्रिय हुनेबारे ओली र भण्डारीबीच कुराकानी हुनेछ । भोलि ब्युरो बैठकको समापन गर्दै ओलीले भण्डारी राजनीतिमा आउने बारेमा आफूले संवाद गर्ने र पार्टीको निर्णयअनुसार निर्णय गर्ने बताएका थिए । दुई नेताबीच ३ बजे भेटवार्ता हुने एमाले केन्द्रीय कार्यालय च्यासलले जनाएको छ ।