07/18/2025, 16:18:42

भिरबाट लडेर मृत्यु


त्रिवेणी (रुकुम पश्चिम), २ साउनः रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा एक युवकको भिरबाट लडेर मृत्यु भएको छ ।

रुकुमपूर्वको सिस्ने गाउँपालिकाबाट भलिबल खेलेर साथीसँग घर फर्किने क्रममा बाँफिकोट गाउँपालिका–२ मुरापाखा डाँडाबाट लडेर सोही पालिकाको वडा नं १ का ३० वर्षीय अजय मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकले जानकारी दिनुभयो ।

बिहीबार साँझ भिरबाट लडेर गम्भीर घाइते हुनुभएका मल्लको प्राथमिक स्वास्थ्यचौकीमा सामान्य उपचारपश्चात् जिल्ला अस्पताल पठाइएकामा निजलाई चिकित्सकले गए राति नै मृत घोषणा गरेका सूचना अधिकारी पाठकले बताउनुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..