07/06/2025, 01:14:40

सडक हिलाम्य भएपछि दाउन्नेमा सवारी आवागमन प्रभावित


नवलपरासी, २१ असार : पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा सडक चिप्लो हुँदा सवारी आवागमन प्रभावित भएको छ । दाउन्नेको विश्वकर्मा मन्दिरनजिकै उकालोमा सवारी एक्लन नसक्दा सवारीको लामो जाम लागेको छ ।

दुम्किबाससम्म सवारीको लाम लागेको छ । गएराति र आज बिहान परेको वर्षाको कारण हिलो सडकमा सवारी फस्ने समस्याले भएको हो । अहिले एकतर्फी सवारी चलेको प्रहरीले जनाएको छ । एकतर्फी सवारी सञ्चालन भएपनि दाउन्ने खण्ड पार गर्न तीन देखि ४ घण्टासम्म लाग्ने गरेको छ ।

केही समय सम्म रातको समयमा सवारी बन्द गरेर सडक मर्मतको काम गर्ने भने पनि समस्या समाधान नहुँदा यात्री मर्कामा परेका छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ