सेभिया (स्पेन), १७ असारः ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच आज द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटका अवसरमा महासचिव गुटेरेसले नेपालले हालै सगरमाथा संवाद कार्यक्रमको सफल आयोजना गरेकामा बधाई दिँदै ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनको सकारात्मक परिणाम सृजनामा नेपालले सक्रिय भूमिका खेलेकामा प्रशंसा गर्नुभयो ।
उहाँले विश्वमा शान्ति स्थापनार्थ नेपालले राष्ट्रसङ्घीय शान्ति मिसनमा दिएको योगदानको उच्च मूल्याङ्कनका साथै नेपालले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गो लगाउन लागेकामा खुसी व्यक्त गर्नुभएको भेटमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले जानकारी दिनुभयो ।

महासचिव गुटेरेसले नेपालको विकासमा राष्ट्रसङ्घको निरन्तर साथ र सहयोग रहने पनि विश्वास व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले आजै सम्मेलनलाई सम्बोधन गर्नुभएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












