07/01/2025, 13:57:19

आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि


काठमाडौँ, १७ असारः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले हिजो मध्यराति १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु पाँचले वृद्धि गरेको छ ।

यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर रु चारले वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु १६५ पुगेको छ भने डिजल र मट्टितेल प्रतिलिटर रु १४९ पुगेको छ । इण्डियन आयल निगमले आज पठाएअनुसार यहाँ मूल्यवृद्धि गरिएको जनाइएको छ ।

यस्तै, हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको निगमले जनाएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ