06/30/2025, 19:18:33

चौलानी नदीमा एक युवक बेपत्ता


बैतडी, १६ असार : चौलानी नदीमा बैतडीका एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका–३ सिमारका २६ वर्षीय महेश राना रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

उहाँका अनुसार राना आज बिहान ६ बजेतिर घर नजिकै रहेको चौलानी नदीमा हाम फालेको पारिवारिक स्रोतले जनाएको छ । बेपत्ता रानाको खोजीका लागि नदी क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

राना किन नदीमा हाम फाले भनेर खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ