06/17/2025, 20:10:03
सेयर कारोबार

सेयर बजार ३.९० अंक घटे, नेप्से २६५४ अंकमा, ७ अर्ब ६५ करोडको कारोबार


३ असार, काठमाडौं : मंगलबार सेयर कारोबार रकमसँगै परिसूचक नेप्से घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३.९० अंक घटेको हो । सो कमीपछि नेप्से २६५४ अंकमा कायम भएको छ । कारोबार रकममा उल्लेख्य कमी आएको छ । अघिल्लो दिन १३ अर्ब १८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६५ करोडमा खुम्चियो ।

कुल ९९ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो । यस दिन माइक्रोफाइनान्स समूहमा आकर्षण देखियो । सो समूह १.१० प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर ०.२७ तथा व्यापार ०.११ प्रतिशत बढे । यीबाहेक सबै समूहका सूचक घटे । बैंकिङ ०.४५, विकास बैंक ०.२०, फाइनान्स ०.४९, होटल तथा पर्यटन १.५८, लगानी ०.४३, जीवन बीमा ०.४७, उत्पादन तथा प्रशोधन ०.१४, निर्जीवन बीमा ०.२५ तथा अन्य ०.१५ प्रतिशत घटे ।

पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै बुटवल पावरको ७.७३, सामुदायिक लघुवित्तको ७.१३, अपरहेवाखोलाको ५.२८ तथा विन्ध्यबासिनी हाइड्रोपावरको ५.१६ प्रतिशत बढ्यो । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ४.६२, नारायणी डेभलपमेन्ट बैंकको ३.९४, सिन्धु विकास बैंकको ३.७७, तथा क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ३.२१ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा सानिमा माइ हाइड्रोपावर, बुटवल पावर, ङादी ग्रुप, राधि विद्युत् र सोल्टी होटल क्रमशः अगाडि रहे ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ