२८ भदौ, काठमाडौँ । अमेरिकी राष्ट्रपतीय चुनाव नजिकिँदै गर्दा पूर्वराष्ट्रपति एवं रिपब्लिकन पार्टीबाट उम्मेदवार रहेका डोनाल्ड ट्रम्पले उपराष्ट्रपति एवं डेमोक्रेटिक पार्टीका उम्मेदवार कमला ह्यारिससँग अर्को डिबेट नगर्ने बताएका छन्। ट्रम्पले मंगलबार फिलेडेल्फियामा ह्यारिससँग गरेको डिबेट जितेकाले ‘रिम्याच’ जरूरी नभएको बताएका छन्।
ह्यारिससँग डिबेट गर्नुअघि ट्रम्पले अहिलेका राष्ट्रपति जो बाइडेनसँग पनि डिबेट गरेका थिए। उक्त डिबेटपछि बाइडेनले पुन: राष्ट्रपतिको चुना नलड्ने घोषणा गर्दै ह्यारिसलाई अगाडि सारेका थिए।
‘हामीले दुई वटा डिबट गरिसकेका छौं र दुबै डिबेट सफल भए, अर्को तेस्रो डिबेट हुन्न अब। यत्तिकै पनि ढिलो भइसकेको छ, भोटिङ सुरू भइसकेको छ,’ बिहीबार ट्रम्पले चुनावी सभामा भने। यस्तै ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसियलमा पनि हार्ने मान्छेले ‘रिम्याच’को खोजी गरिरहने टिप्पणी गरे।
‘जब पुरस्कारका लागि लड्ने मानिस हार्छ, उसको मुखबाट मलाई रिम्याच चाहियो भन्ने शब्दहरू निस्किन्छ,’ उनले भने, ‘पोलहरूले स्पष्टसँग मैले कमरेड कमला ह्यारिससँग डिबेट जितेको देखाएको छ।’
मंगलबारको डिबेटपछि ह्यारिसको अभियानले अर्को डिबेटको माग गरेका थिए। तर ट्रम्पको यो कदम निर्वाचनमा हुने क्षतिलाई कम गर्नका लागि हुनसक्ने अनुमान गरिएको छ। मंगलबारको डिबेटमा ह्यारिसले आफ्ना मत तथा तर्क बलियोसँग राखेको भन्दै विभिन्न समाचार संस्थाहरूले लेखेका छन्।
ट्रम्प डिबेटबाट पछि हटेपछि ह्यारिस पक्षधरका नेताहरूले सामाजिक सञ्जालमा चिढ्याउन थालेका छन्। ट्रम्पले आफ्ना निर्णयहरू परिवर्तन गरिरहने भएपनि यसपालिको निर्णयसँग अडिग रहनसक्ने अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















