06/12/2025, 22:40:08

सेयर बजार १३.६९ अंक घटे, नेप्से २६६४ अंकमा, ९ अर्ब ९० करोडको कारोबार


२८ जेठ, काठमाडौं : अघिल्ला दुई दिन लगातार बढेको सेयर बजार बुधबार घटेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १३.६९ अंक घटेको हो । सो गिरावटपछि नेप्से २६६४ अंकमा कायम भएको छ । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन १० अर्ब १६ करोडको कारोबार भएकोमा आज ९ अर्ब ९० करोडको भयो ।

७७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने एउटाको स्थिर रह्यो । आज हाइड्रोपावर बाहेक सबै सेक्टरका सूचक घटेका छन् । हाइड्रोपावर १.१३ प्रतिशत बढ्यो । अघिल्लो दिन सबैभन्दा धेरै ५ प्रतिशत बढेको फाइनान्स आज १.३१ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ ०.५१, विकास बैंक ०.७८, होटल तथा पर्यटन १.०८, लगानी १.०७, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन ०.६१, माइक्रोफाइनान्स ०.४१, निर्जीवन बीमा ०.७१, अन्य १.५७ र व्यापार समूह ०.९२ प्रतिशत घटे ।

तीन हाइड्रोपावर कम्पनी पियोर इनर्जी, सिनर्जी पावर र बुटवल पावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै रिभर फल्स पावरको ७.६४, गुराँस लघुवित्तको ७.१४ तथा श्री इन्भेस्टमेन्ट फाइनान्सको ६.०७ प्रतिशत मूल्य बढ्यो । सप्तकोशी विकास बैंकको ४.८३, स्वाभिमान लघुवित्तको ३.९४ तथा बोटलर्स नेपाल बालाजुको ३.८९ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर, बुटवल पावर, युनिभर्सल पावर र चिलिमे हाइड्रोपावर छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ