06/09/2025, 13:45:00

पार्टीलाई बलियो बनाउन कांग्रेस सभापति देउवाको आग्रह


भक्तपुर, २६ जेठः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई बलियो बनाउन आग्रह गर्नुभएको छ ।

सूर्यविनायकस्थित नेपाली कांग्रेस भक्तपुर क्षेत्र २ को कार्यालयमा कार्यकर्ताहरुसँग अन्तरक्रिया गर्दै सभापति देउवाले कांग्रेस बलियो भए मात्रै प्रजातन्त्र बलियो हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीका सदस्यहरुलाई समर्पण र एकताको भावनालाई मजबुत बनाएर अगाडि बढ्नूस् । कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुन्छ । त्यसका लागि लाग्नूस् ।

कार्यक्रममा नेता बिमलेन्द्र निधि, भक्तपुर कांग्रेस सभापति दुर्लभ थापा, नेपाली कांग्रेस भक्तपुर क्षेत्र २ का सभापति भेषबहादुर कार्कीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ