गाजा सिटी, प्यालेस्टिनी क्षेत्र, १६ जेठ : प्यालेस्टिनी लडाकू समूह हमासले मध्यपूर्वका लागि अमेरिकी दूतले प्रस्ताव गरेको नयाँ सम्झौताको अध्ययन गरिरहेको बिहीबार जनाएको छ ।
इजरायलले गत मार्चमा युद्धग्रस्त क्षेत्रमा केही बेरको युद्धविरामपछि पुनः सैन्य कारबाही सुरु गरेयता १८ महिनादेखि जारी विनाशकारी युद्ध अन्त्यका लागि युद्धविरामको वार्ताले सार्थकता पाउन सकेको छैन ।
अमेरिकी राजदूत विटकोफले बुधबार आशावादी हुँदै चाँडै नै नयाँ योजना प्रस्ताव गर्ने बताउनुभएको थियो । उहाँको भनाइ आएको केही घण्टाभित्रै हमासले ‘मध्यस्थकर्ताबाट विटकोफको नयाँ प्रस्ताव प्राप्त भएको र अहिले जिम्मेवारीपूर्वक यसको अध्ययन गरिरहेको’ बताएको थियो ।
इजरायलको दुई महिनाभन्दा लामो नाकाबन्दीपछि गाजा क्षेत्रमा सहायता आउन थाले पनि मानवीय अवस्था भयावह छ । खाद्य सुरक्षा विज्ञहरुका अनुसार गाजामा हरेक पाँच जनामध्ये एक जना भोकमरीको चपेटामा परेका छन् । सन् २०२३ को अक्टोबर ७ मा भएको हमासको आक्रमणपछि इजरायली सेनाले पनि हमासको पूर्ण अन्त्यका लागि भन्दै उक्त क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्रता दिएको छ ।
गाजाका नागरिक सुरक्षा अधिकारी मोहम्मद अल–मुघैरले एएफपीसँग भन्नुभयो, “इजरायली आक्रमणमा ४४ जनाको मृत्यु भएको छ, जसमा २३ जना अल–बुरेजको एउटा घरमा भएको आक्रमणमा मारिएका छन् ।”
अमेरिकी सहयोगमा ‘गाजा ह्युमेनिटेरियन फाउन्डेसन (जीएचएफ)’ द्वारा सञ्चालित यो केन्द्र सहायता वितरणको लागि नयाँ प्रणालीको एक हिस्सा हो जुन इजरायलले हमासको हातमा आपूर्तिलाई जान नदिन गठन गरेको हो । संयुक्त राष्ट्र सङ्घ र युरोपेली सङ्घबाट यसको आलोचना भएको छ।
“हामीमाथि जे भइरहेको छ, त्यो अपमानजनक छ । भीडले हामीलाई अपमानित गरिरहेको छ,” बिहीबार जीएचएफ केन्द्रको भ्रमण गनुभएकी गाजान सोभी अरिफले भन्नुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




















