05/20/2025, 17:44:20

गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु


गाजा ६  जेठ : गाजामा सोमबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । सेनाले आक्रमण तीव्र पारेको गाजाका उद्धारकर्ताहरूले बताएका छन् ।

गाजाका नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बस्सलले गाजाको मुख्य सहर र वरपर निरन्तर आक्रमणहरू भएको र खान युनिसमा ११ जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको बताउनुभएको छ । जबलिया सहरको पश्चिममा रहेको बजार नजिकै भएको हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको उहाँले बताउनुभएको छ ।

मध्य गाजाको नुसेइराटस्थित पसलमा भएको हवाई आक्रमणमा एउटै परिवारका तीन जनाको मृत्यु भएको र उत्तरी गाजा सहरको एउटा पसलमा भएको अर्को आक्रमणमा दुई जनाको मृत्यु भएको जनाइएको छ । बेइत लाहियाको अस्पतालमा पनि मृत्युको खबर आएको तर निरन्तर भएको बम विष्फोटका कारण शव उद्धार हुन नसकेको बासलले बताउनुभएको छ ।


हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनालाई घेराबन्दी गरेको आरोप लगाउदै अस्पताललाई सेवा प्रवाहमा असर पारी सेवा ठप्प पार्न बाध्य पारेको जनाइएको छ । इजरायली सेनाले सोमबार आफ्नो पछिल्लो तीव्र अभियान ‘सम्पूर्ण गाजा पट्टीमा सञ्चालन’ गरिरहेको बताएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ