मङ्गलबार, पुष ०९, २०८१

नेप्से सूचक २६ अंकले घट्दा पौने ६६ अर्बको कारोबार


७ भदौ, काठमाडौं । पछिल्लो साता तीन दिन मात्र सेयर कारोबार भएको छ । भदौ १६ र १७ गते दुई दिन जनै पूर्णिमा र गाईजात्राको सार्वजनिक बिदा पर्दा आइतबार, बुधवार र बिहीबार तीन दिन मात्र बजार खुल्यो । यो तीन कारोबार दिन नेप्से सूचक २६.३५ अंकले घट्दै २९७४.४६ विन्दुमा झरेको छ । अघिल्लो हप्ता नेप्से सूचक २३४.४३ अंकले बढ्दै ३ हजारमाथि उक्लिएको थियो ।

साताको पहिलो कारोबार दिन आइतबार नै ३४.४७ अंकको गिरावटसँगै खराब सुरुवात गरेको नेप्से सूचकले चौथो कारोबार दिन भदौ ५ गते २.११ अंकले र भदौ ६ गते ६.०१ अंकले बढ्यो । यसबिचमा ६५ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

अघिल्लो साता २३४ अंकमाथिले नेप्से बढ्दा १ खर्ब २५ अर्ब ६५ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । मार्केट क्यापिटलाइजेशन ४१ अर्ब ८५ करोडले घट्यो ।

सूचक घट्दै गर्दा यो साता यता पुँजी बजारको पुँजीकरण (मार्केट क्यापिटलाइजेशन) समेत घट्न पुगेको छ । अघिल्लो हप्ताको अन्तिम कारोबार दिन ४७ खर्ब ६५ अर्ब ९० करोडमाथि पुगिसकेको मार्केट क्यापिटलाइजेशन यो सात ४७ खर्ब २४ अर्ब ५ करोड ९० लाख रुपैयाँमा झरेको छ । यो हप्ता ४१ अर्ब ८५ करोड रुपैयाँ बराबरको पुँजी घट्न पुगेको हो ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading