७ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपतिको चुनावी प्रक्रिया अन्तर्गत शिकागोमा आयोजित डेमोक्रेटिक पार्टीको महाधिवेशनमा पार्टीको राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले आफ्नो उम्मेदवारी स्वीकारेकी छिन् । ‘एक महान् राष्ट्रको लागि म डेमोक्रेटिक पार्टीको मनोनयन स्वीकार गर्दछु ।’ उनले भनेकी थिइन् । सो अवसरमा ह्यारिसले अहिलेसम्मकै सबैभन्दा लामो भाषण दिएकी थिइन् ।
उनले आफ्नो भाषण बाल्यकालको सम्झनाबाट सुरु गरेकी थिइन् । ह्यारिसको आमा श्यामला भारतबाट अमेरिका आएकी थिइन् । सानोमा आफ्नो आमाले आफूलाई सधैँ हौसला दिने गरेको उनले बताइन् ।
‘मेरो पिताले मलाई आफ्नो सपनाको पछि लाग्न प्रेरित गर्नुहुन्थ्यो ।’ ह्यारिसले भनिन् । अन्यायको विरुद्धमा गुनासो गर्नको सट्टा यसलाई हटाउन केही गर्न आमाले दिएको सुझावको पनि भाषणमा उनले स्मरण गरेकी थिइन् ।