04/26/2025, 16:34:30

आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी


वासिङ्टन, १३ वैशाख : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानको आणविक कार्यक्रमबारे भएको वार्ताबाट नयाँ सम्झौता हुन नसके अमेरिकाले इरानमाथि आक्रमण गर्ने ‘समूह’ को नेतृत्व गर्ने बताउनुभएको छ ।

शुक्रबार प्रकाशित अन्तरवार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले इरानका सर्वोच्च नेता वा राष्ट्रपतिलाई प्रत्यक्ष भेट्न आफू तयार रहेको बताउँदै सम्झौता हुन सक्ने आशा व्यक्त गर्नुभएको छ । ट्रम्पले भन्नुभयो, “यदि आणविक हतियार नियन्त्रणका लागि सम्झौता भएन भने इरानविरूद्धको आक्रमण सम्भव छ । हामीले आक्रमण गर्नु पर्नेछ किनभने इरानसँग आणविक हतियार हुनु विश्व सुरक्षाका लागि खतरा हो ।

वासिङ्टन र तेहरानबीच ओमानमा शनिबार तेस्रो चरणको आणविक कार्यक्रमबारे वार्ता जारी रहेका बेला ट्रम्पको यो भनाइ आउनुले युद्धको नयाँ जोखिम उत्पन्न भएको छ । दुवै पक्षले आणविक सम्झौताका लागि रोममा भएको अन्तिम बैठकको अन्त्यमा आशावादी रहेको बताएका थिए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको टेलिफोन वार्तापछि ट्रम्पले मङ्गलबार भन्नुभयो, “हामी हरेक मुद्दामा एउटै पक्षमा छौँ ।

इजरायललाई इरानविरुद्ध एकतर्फी आक्रमण गर्नबाट ट्रम्पले रोकेको समाचारबारे उहाँलाई टाइमले सोधेको प्रश्नमा उहाँले भन्नुभयो, “यो सही होइन ।”  उहाँले भन्नुभयो, “मैले उनीहरूलाई रोकेको थिइनँ र मलाई लाग्छ कि हामी आक्रमण बिना सम्झौता गर्न सक्छौँ त्यसैले मैले उनीहरूका लागि सहज वातावरण बनाउन कोशिस गरेको हो ।” “म त्यो अन्तिम विकल्प उनीहरूलाई दिएको छु किनकि म बम खसाल्नुभन्दा सम्झौतालाई प्राथमिकता दिन्छु,” उहाँले भन्नुभयो ।

नेतन्याहूले अमेरिकालाई इरानसँगको युद्धमा तानेकोमा आफू चिन्तित रहेको कुराको खण्डन गर्दै ट्रम्पले भन्नुभयो, “उनी युद्धमा जान सक्छन् । तर हामी तानिएका छैनौं। यदि हामीले सम्झौता गर्न सकेनौं भने म युद्धमा जान सक्छु।सम्झौता भएन भने म इरानविरूद्धको लडाइको नेतृत्व गर्नेछु,” ट्रम्पले टाइमसँग भन्नुभयो ।

ट्रम्पले सन् २०१८ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाको पालामा इरानसँग भएको आणविक सम्झौता तोडेका थिए ।

मध्यपूर्वको एक मात्र आणविक शक्ति सम्पन्न राष्ट्र मानिने इरानविरूद्ध इजरायल र पश्चिमा शक्तिले लामो समयदेखि आणविक हतियार बनाउन खोजेको आरोप लगाउँदै आएका छन् । इरानले आफ्नो आणविक कार्यक्रम नागरिक प्रयोजनका लागि मात्र भएको बताउँदै आएको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी वा राष्ट्रपति मसूद पेजेशकियानसँग भेट गर्न चाहनुहुन्छ कि भनेर सोधिएको प्रश्नमा ट्रम्पले भन्नुभयो, “अवश्य भेट्नेछु ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ