04/22/2025, 20:05:56

नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट


काठमाडौँ, ९ वैशाख : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ३६ प्रतिशतले घटेर दुई हजार छ सय ८८ दशमलव ३२ को विन्दुमा कायम भएको हो ।

आज ३१९ कम्पनीको दुई करोड २५ लाख ५५ हजार ७१३ कित्ता शेयर ७१ हजार ६९४ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ३२ करोड १२ लाख ८२ हजार १८८ बराबरको कारोबार भएको छ । आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव ७९, उत्पादन तथा प्रशोधन समूह एक दशमलव १८ र अन्य समूह दुई दशमलव २१ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।

नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रु ४४ अर्ब ६० करोड ३७ लाख ९४६ बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनएमबी सुलभ इन्टेष्टमेन्ट फन्ड–२ को १८ लाख १७ हजार १७५ कित्ता शेयर किनबेच भएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ