04/19/2025, 16:51:10

न्ह्यू बज्राचार्यले सङ्गीत दिएको म्युजिक भिडियो ‘बदमास’ सार्वजनिक


काठमाडौँ, ५ वैशाख : नेपाली म्युजिक भिडियो ‘बदमास’ सार्वजनिक भएको छ ।विशिष्ट सङ्गीतकर्मी न्ह्यू बज्राचार्यले सङ्गीत दिएको यस गीतमा गायिका मेनुका पौडेलको सशक्त स्वर सुन्न सकिन्छ ।

नाम्लो इभेन्ट्सको प्रस्तुतिमा बनेको यस म्युजिक भिडियो बुधवार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा सार्वजनिक गरिएको हो, जसका निर्माता तथा गीतकार सुन्दर राजभण्डारी हुन् । एरेन्जरको रूपमा गोपाल रसाइली, कार्यकारी निर्माताको रूपमा विक्रान्त मान श्रेष्ठ रहेका छन् ।

यसको भिडियो निर्देशन बिमलेश अधिकारीले गरेका छन । भिडियोमा अभिनेत्री सनिषा भट्टराई र अभिनेता विजु पार्कीको अभिनय रहेको छ । कोरियोग्राफी करण शाहले गरेका हुन् भने छायाङ्कन हरि हुमागाईँले, सम्पादन प्रवीण मानन्धरले र प्रोडक्सन व्यवस्थापन दिपेन गौतम ‘माइकल’ले सम्हालेका छन् ।

गीतकार सुन्दर राजभण्डारीले आफू प्रत्येक वर्ष दुई वटा गीत सार्वजनिक गर्ने योजनामा रहेको बताउँदै सशक्त सिर्जना मार्फत नेपाली सङ्गीतमा योगदान दिन चाहेको बताए । निर्देशक अधिकारीले आफैँ अभिनेता भए तापनि यस पटक निर्देशनमै केन्द्रित रहेर काम गरेको र उत्कृष्ट निर्देशन दिन प्रयासरत भएको उल्लेख गरे । गीतमा अभिनय गरेका कलाकार सनिशा भट्टराई र विजु पार्कीले सक्षम टिमसँग काम गर्न पाउनु गर्वको कुरा भएको बताउँदै दर्शकको माया प्राप्त हुनेमा विश्वास व्यक्त गरे ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ