३१ साउन, काठमाडौं । राष्ट्रिय सभा बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे बैठक सुरू हुनेछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको उत्तर टेबुल गर्ने कार्यसूची छ। त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र उर्जा , जलस्रोत तथा सिँचाई मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची पनि छ।
बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेरसम्बन्धी पत्रको ब्यहोर जानकारी गराउनेछन्। त्यस्तै अध्यक्ष दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउनेछन्।
आजकै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।
त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरुको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन, २०८१’ सभासमक्ष पेस गर्नेछन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











