मङ्गलबार, पुष ०९, २०८१

सेयर बजारमा २० अर्ब ७ करोडको कारोबार


२४ साउन, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा २० अर्ब ७ करोडको कारोबार भएको छ । अघिल्लो दिन १७ अर्ब ९५ करोडको कारोबार भएको थियो । नेप्से परिसूचक भने यस दिन ६.७ अंक बढेको छ । सो अंकको वृद्धिसँगै परिसूचक २७६६ अंकमा कायम भएको छ । ७९ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ४ को स्थिर रह्यो ।

उत्पादन समूह सबैभन्दा धेरै ५.८७ प्रतिशत बढ्यो । बैंकिङ ०.५५, विकास बैंक ०.६७, फाइनान्स ०.४२, होटल तथा पर्यटन १.२७, जीवन बीमा ०.३०, माइक्रोफाइनान्स ०.४४ तथा अन्य समूह ०.५५ प्रतिशत घटे । लगानी १.३३, हाइड्रोपावर ०.८७, निर्जीवन बीमा ०.०७ तथा ब्यापार समूह ०.४७ प्रतिशत बढे ।

७ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । कर्णाली विकास बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिडसोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, सर्वोत्तम सिमेन्ट र कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ८ प्रतिशत घट्यो । आरम्भ चौतारी लघुवित्तको ४.९, रुरु जलविद्युत्को ४.८, हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य ४.५ प्रतिशत घट्यो ।

दुई कम्पनी शिवम् सिमेन्ट र हिमालयन रिको कारोबार १–१ अर्बमाथिको भएको छ । शिवम् सिमेन्ट, हिमालयन रिसहित निफ्रा, सोनापुर सिमेन्ट, सानिमा माइ हाइड्रोपावर, नेपाल फाइनान्स, एचआईडीसीएल, अपी पावर कारोबार रकमका आधारमा क्रमशः अगाडि रहे ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading