04/03/2025, 02:28:29

वात्सल्य र नेपालका प्रमुख बैंकबीच साझेदारी


१९ चैत, काठमाडौँ : आईभीएफ सेन्टर वात्सल्य र नेपालका प्रमुख बैंकहरूबीच साझेदारी भएको छ । ग्राहकलाई सहज तरिकाले थप सेवा प्रवाह गर्ने उद्देश्यले वात्सल्यले नेपालका प्रमुख बैंकहरूसँग सम्झौता गरेको हो ।

यसका लागि वात्सल्यले नेपाल बैंक, स्ट्यान्डर्ड चाटर्ड, माछापुच्छ्रे, कुमारी, लक्ष्मी सनराइज, गरिमा विकास, सानिमा, सिटिजन र ग्लोबल आईएमई बैंक सँग साझेदारी गरेको हो । यस साझेदारीअन्तर्गत उल्लिखित बैंकका ग्राहकले वात्सल्यको आईभीएफ उपचार, प्याथोली परीक्षण र औषधी मा छुट प्राप्त गर्नेछन् । बैंकहरूसँगको सहकार्यले ग्राहकलाई उपचार गराउँदा आर्थिक भार कम हुने विश्वास वात्सल्यको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ