04/01/2025, 23:38:33

एमबाप्पेको दुई गोल, स्पेनिस ला लिगामा रियल मड्रिडको जित


१७ चैत, काठमाडौं । केलिएन एमबाप्पेले दुई गोल गरेपछि स्पानिस ला लिगाको दोस्रो स्थानमा रहेको रियल मड्रिडले लेगानेसमाथि ३-२ को कठिन जित हात पारेको छ ।सुरुवाती अग्रता लिएको रियल एक पटक पछि परेपनि फेरि पुनरागमन गरेको थियो ।

एमबाप्पेले घरेलु मैदानमा ३२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर पहिलो हाफमै लेगानेसले दुई गोल फर्कायो । डिएगो गार्सियाले त्यसको एक मिनेठपछि नै लेगानेसका लागि बराबरी गोल गरे ।

यस्तै डानिएला राबाले ४१औं मिनेटमा गोल गर्द लेगानेसलाई पहिलो पटक अग्रता दिलाए । दोस्रो हाफमा रियल खेलमा फर्कियो । जुड बेलिङहमले दोस्रो हाफको सुरुमै गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि एमबाप्पेले ७६औं मिनेटमा गोल गर्दै रियललाई जित दिलाए । जितपछि रियलले २९ खेलबाट बार्सिलोनासमान ६३ अंक जोडेको छ । तर गोलअन्तरमा रियल पछि छ ।

बार्सिलोनाले आइतकार जिरोनासँग खेल्दैछ र अग्रता बढाउने अवसर हुनेछ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ