१२ चैत, मकवानपुर : मकवानपुरको राक्सिराङ गाउँपालिका-९ स्थित चेपाङ बस्तीका ७० वर्षीया तुलकुमारी चेपाङको घरमा पहिलोपटक बिजुली बल्दा गाउँभर खुसीको लहर छाएको छ। नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ स्वयं उपस्थित भएर तुलकुमारीको घरको विद्युत् मिटर अन गरेपछि गाउँलेहरू भावुक बनेका थिए।
बर्षौंदेखि अँध्यारोमा बसेका चेपाङ समुदायका लागि यो क्षण ऐतिहासिक बनेको छ। कुलमान घिसिङको पहल र स्थानीय प्रशासनको सहकार्यमा गाउँमा विद्युत् विस्तार गरिएको हो।
स्थानीयबासीले बिजुली पाएसँगै अब अध्ययन, सञ्चार र आर्थिक क्रियाकलापमा सुधार आउने विश्वास गरेका छन्। यो मात्र सुरुवात भएको बताउँदै घिसिङले आगामी दिनमा अझै धेरै दुर्गम बस्तीहरूमा उज्यालो पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















