03/28/2025, 06:34:36

भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको जग्गा नाँपजाँच सुरु


नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), ७ चैत : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबास गरेकाको जग्गा नाँपजाँच सुरु गरिएको छ ।

भूमि समस्या समाधान आयोग नवलपरासीले आज एक कार्यक्रममा गरी गाउँपालिकाभित्रका जग्गाको नाँपजाँच सुरु गरेको आयोगका अध्यक्ष लालबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “तीन जना अमिन र एक जना सर्वेक्षकसहित चार कर्मचारीमार्फत काम सुरु गरिएको छ । प्रतापपुर गाउँपालिका–९ बाट सुरु जग्गा नाँप जाँच सुरु भएको छ ।

नाँप जाँच गर्ने क्रममा एक हजार पूर्जा तयार हुनै वित्तिकै वितरण गर्ने तयारी रहेको गुरुङले बताउनुभयो । प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आजदेखि सुरु गरिएको जग्गा नाँप जाँचले पालिकाभित्रका अव्यवस्थित बसोबास भएकाको जग्गा व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकाको आर्थिक सहयोगमा भूमि आयोगले नाँपजाँच सुरु गरेको उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ