मङ्गलबार, पुष ०९, २०८१

माओवादी केन्द्रले आज कोशी प्रदेश सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने


११ साउन, विराटनगर । नेकपा माओवादी केन्द्रले आज कोशी प्रदेश सरकार छाड्ने भएको छ । माओवादीले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने तयारी गरेको छ । केन्द्रीय सत्तासमीकरण फेरिए पनि माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार छाडेको थिएन । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हटाउने संकेत पाएपछि माओवादी केन्द्रका मन्त्रीहरुले आज राजीनामा बुझाउँदैछन् ।

कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट उप्रेतीसँगै राजेन्द्र कार्की स्वास्थ्य, नारायण बुर्जामगर पर्यटन वन तथा वातावरण मन्त्री र बन्दना झागड पर्यटन वन तथा वातावरण राज्यमन्त्री छन् । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारबाट फिर्ता भएपछि समर्थन पनि फिर्ता लिने बताए ।

माओवादीले छाडेपछि कांग्रेसलाई सरकार प्रवेशको बाटो खुल्नेछ । नौं वटा मन्त्रालय रहेको कोशीमा कांग्रेसलाई ४ वटा मन्त्रालय दिने मुख्यमन्त्री कार्कीको तयारी छ । भागबण्डाका लागि आजै कांग्रेस र एमालेका नेताहरुको बैठक बस्दैछ ।

सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई संकल्प प्रस्ताव मार्फत पदमुक्त गर्दै हिक्मतकुमार कार्की सोही उपधारा अनुसार २७ वैशाख २०८१ मा मुख्यमन्त्री बनेका थिए । नयाँ सरकार गठन विरुद्ध केदार कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले हिक्मतकुमार कार्कीको पक्षमा फैसला गरे पनि पूर्णपाठ आएको छैन ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading