सोमबार, फागुन २६, २०८१

सङ्ग्रहालयमा कार्यपालिका बैठक


तम्घास (गुल्मी), २१ फागुनः जिल्लाको धुर्कोट गाउँपालिका, गाउँ कार्यपालिकाको बैठक धुर्कोट सङ्ग्रहालयमा बसेको छ । सङ्ग्रहालयको प्रचारप्रसार गर्दै दिगो सञ्चालनका लागि मङ्गलबारको कार्यपालिका बैठक सङ्ग्रहालयमा बसेको हो ।

गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलको अध्यक्षतामा बसेको बैठकले आगामी चैतेदसैँसम्म सङ्ग्रहालय सञ्चालन गर्ने निर्णय गरेको छ । सङग्रहालयमा आवश्यक सामग्री जुटाउन पालिकास्तरमा उपाध्यक्ष सीता गिरीको अध्यक्षतामा मूल समिति र वडास्तरमा पनि उपसमितिहरू गठन गरिएको धुर्कोट–१ का वडाध्यक्ष एवं प्रवक्ता चेतमान कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार सङ्ग्रहालयमा माटाका पुराना भाडा, तत्कालीन अवस्थामा धुर्कोट राज्य हरण हँुदा शासकले लगाउने पोसाक, प्राचीनकालमा प्रयोगमा आएका विभिन्न किसिमका वस्तुलगायत सामग्री राखिनेछन् ।

धुर्कोट–६ स्थित धुर्कोट कोट नजिकै सङ्ग्रहालय निर्माण गरिएको छ । उक्त सङ्ग्रहालय कोट व्यवस्थापन समिति मातहत रहेकाले कार्यपालिकाको समूहले व्यवस्थापन समितिसँग पनि छलफल गरेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ