सुर्खेत, ८ फागुनः नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस-एमाले नेतृत्वको वर्तमान सरकारले प्रभावकारी काम गर्न नसके देश थप अफ्ठ्यारोमा पर्ने बताएका छन् । बिहीबार सुर्खेत विमानस्थलमा नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा बोल्दै नेता कोइरालाले मुलुकमा सुशासन कायम नभएको र आर्थिक अवस्थामा सुधार हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे ।
नेता कोइरालाले पार्टीको १५ औँ महाधिवेशनका विषयमा विभिन्न चर्चा भइरहेको भन्दै समयमै महाधिवेशन गर्ने वातावरण सुनिश्चत गर्न सबै लाग्नुपर्ने बताए ।
‘१५ औँ महाधिवेशन विधान अनुसार समयमै नगरे पार्टीको अवस्था झन् नाजुक हुन्छ । अहिले विभिन्न चर्चा भइरहेको छ । कतै २०८४ को आम निर्वाचनपछि मात्रै महाधिवेशन गर्ने खेल त भइरहेको छैन भनेर प्रश्न उठिरहेको छ,’ कोइरालाले भने, ‘यस्तो हुन नदिन सबै कार्यकर्ताले एकजुट भएर लाग्नुपर्ने बेला छ । २०८२ साल मंसिरमा गर्नुपर्ने महाधिवेशन कुनै पनि बहानामा पछि धकेल्न मिल्दैन ।‘

नेता कोइरालाले कांग्रेस आजका दिनसम्म एक ढिक्का रहेको भन्दै अब महाधिवेशन समयमा नगर्ने विषयले पार्टीलाई पनि क्षति गर्ने बताए । ‘कोही पनि पार्टी विधान र संविधानभन्दा बाहिर जानु हुँदैन, फेरि ०८४ को निर्वाचनभन्दा अघि नै महाधिवेशन नगर्ने र नयाँ नेतृत्व चयन नगर्ने हो भने पार्टीलाई थप क्षति हुन्छ,’ उनले भने ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















