आइतबार, माघ २०, २०८१

बुढासुब्बा गोल्ड कप फुटबल : उद्घाटन खेलमा चर्च ब्वाइज र नेपाल पुलिस क्लब भिड्दै


सुनसरी, १९ माघः अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको २५ औँ संस्करण आजबाट सुरु हुँदै छ । धरान रंगशालामा दिउँसो साढे २ बजे हुने उद्घाटन खेलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेड र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आयोजक धरान फुटबल क्लबले रजत महोत्सवको रूपमा आयोजना गर्न लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । प्रतियोगितामा भारत र भुटानका दुई सहित ८ टिमले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा एनआरटी, लिग च्याम्पियन चर्च ब्वाइज, नेपाल पुलिस, त्रिभुवन आर्मी, मछिन्द्र फुटबल क्लब, भुटान फुटबल एकेडेमी, यूके एफसी भारत, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, राष्टिय जागृति क्लब इटहरी र आयोजक धरान फुटबल क्लबको सहभागिता रहने क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले १ लाख पाउनेछन् । म्यान अफ द म्याचले १५ हजार, सर्वाधिक गोलकर्ताले ३५ हजार तथा विधागत उत्कृष्टले जनही २५ हजार पुरस्कार पाउनेछन् । २०५५ सालदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिता कोरोना महामारीका कारण दुई वर्ष हुन सकेको थिएन ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading