शुक्रबार, माघ १८, २०८१

अर्थतन्त्र सुधार भएको भन्ने तथ्याङ्क त छ तर यो कतै मिथ्याङ्क त होइन ? : सर्वेन्द्रनाथ सुक्ला


काठमाडौँ, १८ माघः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद सर्वेन्द्रनाथ सुक्लाले निजी क्षेत्रको रु ५० अर्ब बक्यौता तिर्न नसकिएकाले समस्या समाधान गर्न सरकारलाई सुझाव दिनुभएको छ । संघीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले अर्थतन्त्रलाई गतिशील बनाउन सरकारी दायित्व र बक्यौताको यथाशीघ्र भुक्तानी हुनुपर्नेमा जोड दिनुभएको हो ।

सुक्लाले अर्थतन्त्रमा सुधार भएको भनिए पनि धरातलमा जनताले महसुस गर्न नसकेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “अर्थतन्त्र सुधार भएको भन्ने तथ्याङ्क त छ तर यो कतै मिथ्याङ्क त होइन ? निजी क्षेत्र सङ्कटमा गइरहेको छ । लगानीको वातावरण छैन । जबसम्म निजी क्षेत्र लगानीका लागि उत्साहित हुँदैन तबसम्म अर्थतन्त्र चलायमान हुँदैन ।

बैंकमा निक्षेप बढी भएको पैसा लगानी नभएसम्म अर्थतन्त्र चलायमान नहुने सुक्लाको भनाइ छ । उहाँका अनुसार ग्रामीण अर्थतन्त्र चलायमान गर्नका लागि सहकारी क्षेत्रको सुधार गर्नुपर्ने छ ।

सुक्लाले पर्यापर्यटन क्षेत्रको सुधारका लागि पूर्वाधारमा लगानी बढाउनुपर्ने बताउनुभएको छ । लगानीको उचित फाइदा नभएसम्म ऋणात्मक बोझ बढ्ने र धनात्मक अवस्था कम हुने छ उहाँको भनाइ छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading