काठमाडौँ, १४ माघः प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सङ्घीय संसद्को आसन्न हिउँदे अधिवेशनमा सत्ता पक्षको तयारी र सरकारका कामको प्रभावकारिता लगायत विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा अहिले सत्तापक्षीय राजनीतिक दलको बैठक बसिरहेको छ ।
बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा संसदीय दलका प्रमुख सचेतसमेत सहभागी हुनुहुन्छ ।

बैठकको आरम्भ गर्दै प्रधानमन्त्री ओलीले जनसेवा र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक अध्यादेशलाई संसद्को पहिलो दिनमै पेस र छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुपर्ने बताउनुभयो । उहाँले संसद्लाई पर्याप्त बिजनेस दिएर कानुन निर्माणका कामलाई तीव्रता दिन राजनीतिक दल र सांसद्हरूको प्रभावकारी भूमिका आवश्यक पर्ने बताउनुभयो ।
यही माघ १८ गतेदेखि संसद्को अधिवेशन प्रारम्भ हुँदैछ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















