बिहिबार, माघ १७, २०८१

भानु नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि विद्या निकुञ्जलाई


डुम्रे (तनहुँ), १३ माघः यहाँको भानु नगरपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि विद्या निकुञ्ज माध्यमिक विद्यालयले जितेको छ ।

भानु–९ काउरेटारस्थित खेलमैदान भएको प्रतियोगितामा विद्या निकुञ्जले छ स्वर्ण, एक रजत र दुई कास्य गरी नौ पदकसहित उपाधि जित्न सफल भएको हो । भानु–९ डुम्रीखर्कस्थित कालिका माध्यमिक विद्यालयले पाँच स्वर्ण, छ रजत र चार कास्य गरी १५ पदक प्राप्त गरी द्वितीय स्थान प्राप्त गरेको छ । भानु–९ बाइसजागरस्थित कर्मदा माध्यमिक विद्यालयले चार स्वर्ण, तीन रजत गरी सात पदक प्राप्त गर्दै तृतीय भएको छ ।

प्रतियोगितामा २४ विद्यालय सहभागी थिए । ३० स्वर्ण पदक रहेकामा ११ विद्यालयले स्वर्ण पदक जित्न सफल भएका छन् । विद्या निकुञ्जले रनिङ सिल्डसहित नगद पुरस्कार रु २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ध्रुवराज पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी कालिकाले रु २० हजार, ट्रफी र प्रमाणपत्र तथा कर्मदाले रु १५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा विजेता विद्यालय तथा विद्यार्थीलाई नगर प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामेलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

नगर प्रमुख त्रिपाठीले प्रतियोगिताले बालबालिकालाई खेलकुदप्रति आकर्षित गर्नुका साथै अनुशासित बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “खेलकुदको माध्यमबाट बालबालिकालाई प्रोत्साहन पनि मिल्नेछ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading