बुधबार, माघ ०२, २०८१

पर्यटन नेपालको समृद्धिको आधार हो : यातायातमन्त्री दाहाल


काठमाडौँ, १ माघः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधारका रूपमा रहेको बताउनुभएको छ ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा आज आयोजित ११ औँ तारेभीर महोत्सव उद्घाटन समारोहमा उहाँले नेपाल बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा रहेकाले विदेशी मुद्रा आर्जनका लागि यो क्षेत्र उपयोगी रहेको बताउनुभयो ।

मौलिक पर्यटकीय गन्तव्यसम्म सडक एवं पूर्वाधारको विकास र विस्तार गरी ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सकिने भएकाले यसका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

यस अवसरमा स्थानीयका तर्फबाट तारेभीर चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) मन्त्री दाहाललाई हस्तान्तरण गरिएको थियो । चक्रपथ निर्माण भएमा काठमाडौँमा रहेका दर्जनौँ ग्रामीण बस्तीको जनजीवन सहज हुनुका साथै आर्थिक गतिविधिसमेत चलायमान हुने बागमती प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री रामेश्वर फुँयालले बताउनुभयो ।

कार्यक्रममा विभिन्न समुदायका सांस्कृतिक झाँकीका साथै स्थानीय उत्पादन, परम्परागत सामग्रीको प्रदर्शनसमेत गरिएको थियो । आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले २०७० सालदेखि हरेक वर्ष तारेभीर महोत्सव आयोजना हुँदै आएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading