शनिबार, पुष २०, २०८१

सेयर बजार ५.१० अंक बढे, नेप्से २५८१ अंकमा कायम, ३ अर्ब ५९ करोडको कारोबार


१७ पुस, काठमाडौं । बुधबार सेयर बजार ५.१० अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २५८१ अंकमा कायम भएको छ । बजारको अंक बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५९ करोडमा खुम्चियो ।

कुल १५० कम्पनीको मूल्य बढ्दा ८८ को घट्यो भने ४ को स्थिर रह्यो । मुख्यतः बैंकिङ सेक्टर घट्दा बजारको वृद्धिदर न्यून रह्यो । बैंकिङ सेक्टर सबैभन्दा धेरै ०.७२ प्रतिशत घट्यो । फाइनान्समा फेरि आकर्षण देखिएको छ । अघिल्लो दिन सबैभन्दा धेरै ५ प्रतिशत घटेको यो सेक्टर यस दिन ३.८७ प्रतिशत बढ्यो ।

विकामस बैंक १.६८, होटल तथा पर्यटन ०.९५, हाइड्रोपावर १.२४, उत्पादन ०.२५, लगानी ०.०९, निर्जीवन बीमा ०.२२ तथा व्यापार समूह ०.६३ प्रतिशत बढे । जीवन बीमा ०.०६, माइक्रोफाइनान्स ०.१६ तथा अन्य समूह ०.४१ प्रतिशत घटे ।

त्रिशुली जलविद्युतको मूल्य १० प्रतिशत बढ्यो । आत्मनिर्भर लघुवित्तको ९.९, सुपरमादी हाइड्रोपावरको ९.८, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.३६ प्रतिशत मूल्य बढ्यो । जोशी हाइड्रोपावरको ९.२, नारायणी डेभलपमेन्ट बैंकको ८, मल्टिपर्पस फाइनान्सको ७.२ प्रतिशत मूल्य बढ्यो ।

सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत घट्यो । अरु घटेका कम्पनीको मूल्य गिरावट ५ प्रतिशतभन्दा न्यून रह्यो । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, जानाकी फाइनान्स, त्रिशुली जलविद्युत् कम्पनी, प्रभु बैंक र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading