आइतबार, पुष १४, २०८१

पारस्परिक सद्भाव कायम गर्दै एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिनेछ : प्रधानमन्त्री ओली


काठमाडौँ, १३ पुस: प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक सद्भाव कायम गर्दै एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ ।

नेपाल संवत् ११४५ का अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को काठमाडौँ महानगर कमिटीद्वारा आज वसन्तपुरमा आयोजित जलपान कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै एमाले अध्यक्ष ओलीले एकताबद्ध प्रयासबाट मुलुकलाई शान्त र समृद्ध बनाउन सकिने उल्लेख गर्दै त्यसतर्फ लाग्न सबै तहका नेता तथा कार्यकर्तासँग आग्रह गर्नुभयो ।

कला, संस्कृति र सभ्यतामा धनी हामीले आफ्नो राष्ट्रिय पहिचान र संस्कृतिलाई बचाएर मानव जगत्को कल्याणका लागि काम गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो ।

त्यस अवसरमा एमाले पोलिटब्युरो सदस्यहरु आनन्द पोखरेल, रामेश्वर फुयाँल, केन्द्रीय सदस्य शान्ति अधिकारी, काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौला, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायत महानगर कमिटीका सदस्य सहभागी हुनुहुन्थ्यो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading