शुक्रबार, पुष १२, २०८१

सेयर बजार ४.१९ अंक बढे, नेप्से २६३० अंकमा, ५ अर्ब ३२ करोडको कारोबार


११ पुस, काठमाडौं । साता कारोबारको अन्तिम दिन अधिकांश कम्पनीको सेयर मूल्य घटे पनि बजारको परिसूचक नेप्से बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४.१९ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २६३० अंकमा पुगेको छ । कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ५ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब ३२ करोडको भयो ।

अधिकांश कम्पनी १६३ को मूल्य घटेको छ भने ७० को बढ्दा ९ को स्थिर रह्यो । मुख्यतः यस दिन ‘हाइक्याप सेक्टर’ बैंकिङ बढ्दा समग्र बजार बढेको छ । सो समूह १.८१ प्रतिशत बढ्यो । ‘हाइक्याप सेक्टर’ बढेकै कारण अधिकांश कम्पनीको मूल्य घट्दा पनि बजारलाई प्रभाव देखिएन। बैंकिङबाहेक व्यापार २.३१, माइक्रोफाइनान्स ०.१४ तथा लगानी समूह ०.२७ प्रतिशत बढे । विकास बैंक २.४८, फाइनान्स २.७०, होटल तथा पर्यटन ०.७८, हाइड्रोपावर १.२८, जीवन बीमा ०.३०, उत्पादन ०.०८, निर्जीवन बीमा ०.२६ र अन्य समूह ०.१६ प्रतिशत घटे ।

आत्मनिर्भर र सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । गुराँस लघुवित्तको ७.३२, प्रभु बैंकको ५.८ तथा कुथेली बुखरी स्मल हाइड्रोको ५.०५ प्रतिशत मूल्य बढ्यो । प्रभुका अलवा मूल्य धेरै बढेका वाणिज्य बैंकहरूमा एनआईएमबी, ग्लोबल आईएमई, कुमारी, नेपाल एसबीआई, कृषि विकास, हिमालयन तथा नेपाल बैंक क्रमशः रहे । यस दिन विकास बैंकका लगानीकर्ता केही शशंकित देखिएका छन् । अघिल्लो दिन समस्याग्रस्त घोषणा भएको कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का भएको छ । जसले गर्दा कमजोर अवस्था रहेका विकास बैंकको मूल्य उच्च दरले घट्यो ।

कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत घट्यो । जोशी हाइड्रोपावरको ९.९ तथा सप्तकोशी विकास बैंकको मूल्य ९.४ प्रतिशत घट्यो । ग्रीन डेभलपमेन्ट बैंकको ८.४, एक्सल डेभलपमेन्ट बैंकको ४.४ तथा मितेरी डेभलपमेन्ट बैंकको ३.५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा प्रभु बैंक, जानाकी फाइनान्स, सपोर्ट माइक्रोफाइनान्स, कुमारी बैंक र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहे ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading