सोमबार, पुष ०८, २०८१

सेयर बजार ५.६० अंक घटे, नेप्से २६२८.२६ बिन्दुमा, ४ अर्ब २७ करोड ८२ हजार बराबरको कारोबार


३ पुस, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार करिब तीन अंकले बढेको नेप्से आज बुधबार ५.६० अंक (०.२१ प्रतिशत) ले घटेर २६२८.२६ बिन्दुमा झरेको छ । गत बिहीबार १.२३ प्रतिशत र सोमबार करिब २ प्रतिशतले घटेको नेप्से मंगलबार ०.११ प्रतिशतले बढेर २६३३.८७ पुगेको थियो ।

दुई दिन लगातार घटेर एकदिन सामान्य बढेको नेप्से आज पुनः घटेको हो । बुधबार ४ अर्ब २७ करोड ८२ हजार ५ सय ७५ रुपैयाँ बराबर ८१ लाख ४७ लाख ३ सय २० कित्ता सेयर कारोबार भएको छ ।

बुधबार कारोबारमा आएका १३ उपसूचकमध्ये तीन उपसूचक सामान्य बढेका छन् भने ८ उपसूचक सीमान्त रूपमा घटेका छन् । फाइनान्स उपसूचकमात्र १ प्रतिशतभन्दा माथि छ भने बाँकी सबै एक प्रतिशतभन्दा कम छन् । सबैभन्दा उच्च दरमा फाइनान्स उपसूचक १.०७ प्रतिशतले बढेको छ भने लघुवित्त उपसूचक ०.०९ र व्यापार उपसूचक ०.५० प्रतिशतले बढेका छन् ।

बुधबार उपकार लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारका हिसाबमा जानकी फाइनान्सको सबैभन्दा धेरै १५ करोड ५९ लाख २३ हजार २ सय ८६ रुपैयाँ बराबर कारोबार भएको छ ।

त्यसैगरी रिभर फल्स पावरको १२ करोड ६ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेलपमेन्टको ११ करोड ६० लाख, नेपाल फाइनान्सको १० करोड ७५ लाख र सिक्लेस हाइड्रोपावरको ८ करोड ९ लाखभन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै मंगलबार नकारात्मक सर्किट लागेर २९७० मा झरेको कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य बुधबार थप घटेर २६७६ भएको छ । बुधबार ८१ कम्पनीको सेयर मूल्य बढको छ भने १ सय ४९ कम्पनीको मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य भने यथावत छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading