मङ्गलबार, पुष ०९, २०८१

एमाले सचिवालय बैठक : प्रधानमन्त्रीको चीन भ्रमण सफल


काठमाडौँ, २५ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण सफल भएको निष्कर्ण निकालेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको चीन भ्रमण सफल र उपलब्धिमूलक भएको निष्कर्ष निकालेको बैठकपछि पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

फ्रेमवर्क फर बिआरआई कर्पोरेशन ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) मा भएका सम्झौता नेपालको दीर्घकालिन विकासका लागि महत्त्वपूर्ण उपलब्धि हो,” नेता ज्ञवालीले भन्नुभयो, “सत्तामा रहेका दुई पार्टीबीचमा जुन खालको समझदारी भएको छ । त्यसले बिआरआईलाई निष्कर्षमा पु¥याउन भूमिका खेलेको छ ।

नेता ज्ञवालीले बिआरआईमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको समझदारीले भोलिका दिनमा परराष्ट्र नीति र वाह्य नीति सञ्चालन गर्दा राष्ट्रिय सहमति निर्माण हुने आधार बनाएको बताउनुभयो । उहाँले हालै भएको चीन र नेपाल पक्षबीच भएको सहमति दुवै देशले चाँडै नै कार्यान्यवन गर्नमा पार्टीले जोड दिएको बताउनुभयो ।

प्रधानमन्त्री ओली यही मङ्सिर १७ गतेदेखि २० गतेसम्म चीन भ्रमण गर्नुभएको थियो । उहाँले बिआरआईप्रति नकारात्मक टिप्पणी गर्नु गलत भएको बताउनुभयो । नेपालजस्तो देशले संसारको दोस्रो अर्थतन्त्र भएको देश चीन र पाँचौ अर्थतन्त्र भएको भारतसहित अरू विकासत देशसँग जोडिएर अगाडि बढ्न सक्ने उहाँले बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले उपनिर्वाचनको परिमाणलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताउनुभयो । “उपनिर्वाचनबाट थप उपलब्धि हासिल भएको छ । हामीले एउटा अध्यक्ष दुईवटा उपाध्यक्षसहित समग्रमा आठ स्थानमा जितेको छौँ तर यति हुँदाहँुदै पनि परिणामलाई गम्भीररूपमा लिएका छौँ,” उहाँले भन्नुभयो, “खासगरि किर्तीपुर नगपालिका, त्यहाँका वडा र काठमाडौँ महानगरपालिका–१६ मा जस्ता शहरी क्षेत्रमा हामीले जे अपेक्षा गरेका थियौँ, त्यो ढङ्गले परिमाण नआएकाप्रति हामी गम्भीर पनि भएका छौँ ।

उपनिर्वाचनको परिमाणले सहरी जनमतसँग पार्टीलाई जोड्दै लैजाने बैठकले निष्कर्ष निकालेको बताउनुभयो । सामाजिक सञ्जाल दुरूपयोग गरी भ्रम सिर्जना गर्ने कुराको पार्टी पङ्क्तिलाई प्रतिवाद गर्न आग्रह गरिएको छ ।

उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जालको दुरूपयोग गर्दै ‘मिस र डिस-इन्फरमेशन’ को माध्यमबाट राजनीतिक दलका नेताको चरित्र हत्या, जनतामा भ्रम र निराशा फैलाउने सिर्जना गर्ने र सामाजिक सद्भावलाई खलवल्याउनेजस्ता गतिविधि उचित नभएको भन्दै त्यस्ता खालका गलत कुराको पार्टी पक्तिले खण्डन गर्न आग्रह गरिएको बताउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading