४ मंसिर, काठमाडौं । सुनको मूल्य आज (मंगलबार) तोलामै दुई हजार रुपैयाँ बढेको छ। आज चाँदी पनि महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ बढेर एक लाख ६२ हजार एकसय रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य एक लाख ६० हजार एकसय रुपैयाँ थियो।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। त्यसयताका दुई सातामा सुनको मूल्य ११ हजार रुपैयाँ घटेको थियो। सोमबार तोलामा एकसय रुपैयाँ मात्रै बढेको सुनको मूल्य आज तोलामै दुई हजार बढेको हो।

आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेको छ। हिजो एक हजार नौसय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार नौसय ५५ रुपैयाँ पुगेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















