२९ कात्तिक, डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनलाइन समाचार पोर्टल ‘सञ्चारलेन्स डटकम’ www.sancharlens.com को उद्घाटन गर्नुभएको छ ।
आज यहाँ आयोजित सभापति देउवाले सो अनलाइन पोर्टलमा समाचार पोष्ट गर्दै सो अनलाइन सेवा सुरुआत गर्नुभएको हो । सो अवसरमा उहाँले डडेल्धुराबाट अनलाइन समाचार सेवा सञ्चालन भएकोमा सञ्चालक एवं पत्रकारलाई बधाई तथा शुभकामना दिनुभयो ।
सभापति देउवाले भन्नुभयो, “हाम्रो डडेल्धुराबाट अनलाइन माध्यम समाचार सेवा सञ्चालन गर्नुभएको छ । अनलाइन समाचार सेवा प्रदान गर्ने साथी भाइलाई हार्दिक बधाई र शुभकामना ।” उहाँले पत्रकारिता क्षेत्र चुस्त-दुरुस्त हुनुपर्नेमा जोड दिनुभयो ।
लिपुलेक मिडिया एण्ड टेक्नोलोजी प्रालि ले उक्त न्यूज पोर्टल सञ्चालनमा ल्याएको हो । यसको सम्पादक धनबहादुर भण्डारी हुनुहुन्छ । उहाँ डेढ दशकदेखि डडेल्धुराबाट पत्रकारिता क्षेत्रमा आबद्ध हुनुहन्छ ।