२१ कात्तिक, काठमाडौं । सामाजिक सञ्जाल टिकटक औपचारिक रुपमा सञ्चार मन्त्रालयमा सूचिकृत भएको छ। ठूला करदाता कार्यालयमा पहिला नै दर्ता भएको टिकटकले मंगलबार मन्त्रालयबाट प्रमाणपत्र लगेको हो।
सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले तिहारअघि नै मन्त्रालयमा सूचिकृत भएपनि मंगलबार मात्रै पत्र बुझेको जानकारी दिए। ‘नेपालको कानुन मान्न तयार भएपछि प्रतिबन्ध फुकाएको थियो, अहिले दर्ता भयो,’ ठाकुरले भने, ‘अब नेपाल सरकारका शर्त मानेर नेपालमा चल्छ।’
सञ्चार मन्त्रालयले सबै सामाजिक सञ्झाललाई नेपालमा दर्ता हुन भनेपनि अहिलेसम्म ३ वटा मात्रै दर्ता भएका छन्। भाइबर, वीटक र टिकटक पनि सूचिकृत भएको मन्त्तालयले जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










