काठमाडौँ, फागुन ११ गते । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले धादिङ बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
सभापति थापाले आज शोक विज्ञप्ति जारी गरी पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस आज बिहान करिब १:३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडा भन्ने ठाउँबाट त्रिशूली नदीमा खस्दा १९ जनाको मृत्यु र २५ जना घाइते भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।
सभापति थापाले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्। उनले घाइतेको उपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेका छन् ।
काँग्रेसले पछिल्लो समय यस्ता सडक दुर्घटना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी घटनाको गहिरो अध्ययन गरेर यस्ता घटनालाई न्यूनीकरण गर्न गराउन सरकारको ध्यानाकर्षण गरेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















