काठमाडौँ, फागुन ११ गते । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र साह (बालेन)ले दमकमा निर्माण गरिएको भ्युटावर सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।
उनले केपी शर्मा ओलीको पहलमा बनेको भ्यु टावरलाई संचनलनमा ल्याउने आफ्नो बाचा पत्रमा उल्लेख गरेका हुन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ओलीविरुद्ध प्रतिस्पर्धामा उत्रिएका बालेनको बाचा पत्रमा लेखिएको छ, ‘दमक सभागृह र भ्यूटावर लगायतका योजनाहरू उच्चतम नागरिक उपयोगिता हुने गरी सञ्चालनमा ल्याइनेछ ।’
करोडौँ लगानी गरेर बनाइएको भ्युटावर लामो समय सञ्चालनमा नआउँदा यो ओलीको आलोचनाको विषय बन्ने गरेको छ ।
बालेनले सोमबार सार्वजनिक गरेको बाचा पत्रमा संविधानको परिपालना गर्दै संविधानले निर्दिष्ट गरेका दायित्वहरू निष्ठापूर्वक सम्पन्न गर्न तथा हाल कार्यान्वयनमा रहेका कार्यहरूलाई कानुनी रूपमा सहज, स्पष्ट साथै नागरिक मैत्री बनाउन आवश्यक कानुन निर्माण, संशोधन तथा परिमार्जनका लागि संघीय संसदमा सक्रिय तथा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पहिलो प्रतिबद्धता जनाएका छन् ।
संघीय सांसदको हैसियतले बेथिति र भ्रष्टाचार विरुद्ध संसदको अग्रपंक्तिमा उभिने बाचा गरेका छन् ।
झापा केन्द्रित बाचा पत्रमा बालेनले भनेका छन्, ‘राष्ट्रिय नीति तथा बजेटमा झापा ५ का विकासका मुद्दाहरू सशक्त रूपमा उठाउनेछु ।’
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















