काठमाडौँ, फागुन ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो समाधान प्रतिबद्धता जनाएका छन् ।
आज आफ्नो वाचा पत्र सार्वजनिक गर्दै उनले रास्वपा सरकार गठन भएको १०० दिनमा आयोग गठन गर्ने र १००० दिनमा समाधान निकाल्ने बाचा गरेका छन् ।
झापा ५ मा रहेका सुकुम्वासी र भूमिहीनहरूको समस्या समाधान गर्ने अधिकारसम्पन्न आयोग गठन गरेर सुकुम्वासीहरूलाई न्याय दिने बताएका हुन् ।
बालेनको वाचा पत्रमा ऐलानी जग्गासम्बन्धी उचित व्यवस्था एवं नक्सांकन अभिलेख नभएका जमिनहरूको नापी नक्सा अभिलेखीकरण कार्य सम्पन्न गर्ने पनि उल्लेख गरिएको छ ।


What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















